Shikhar Insurance
National Life

क्रान्तिकारीहरुको लडाईं अझै टुंगिएको छैन: अध्यक्ष दाहाल

सिंहदरबार संवाददाता
२०८१ मंसिर १९, बुधबार १६:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले क्रान्तिकारीहरुको लडाईं अझै नटुंगिएको बताएका छन् । बुधबार काठमाडौंमा गणतन्त्र सेनानी सम्मान—२०८१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जनताका लागि गणतन्त्र बनाउन अझै बाँकी रहेको उनको भनाइ छ । उनले जनयुद्ध उत्कर्षतिर जाँदै गर्दाका प्रमुख राजनीतिक दलहरु नै अहिले सत्तामा रहेको उल्लेख गर्दै गणतन्त्र खतरामा रहेको संकेत गरे । उनले आफूहरु अहिले पनि जनयुद्धताका जस्तै विपक्षमा रहेको बताउँदैसबै कम्युष्टिहरु एक हुनुपर्ने आवश्यकता औंल्याए । उनले देशलाई गणतन्त्रमा रहनबाट कसैले रोक्न नसक्ने दाहालको टिप्पणी थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, ‘हाम्रो लडाईं टुंगिएको छैन, हाम्रो लडाईं जारी नै छ । हामी जतिबेला जनयुद्धको उत्कर्षतिर जाँदै थियौँ । राज्यमा अहिले सरकारमा भएका प्रमुख भनिएका पार्टीहरु नै सरकारमा थिए । हामी क्रान्तिमा थियौँ, अर्को भाषामा भन्ने हो भने उनीहरु सत्तामा थिए, हामी त्यसका विद्रोही पक्ष थियौँ । त्यसको बिरोधी पक्ष थियौँ, प्रतिपक्ष थियौँ पनि भन्न सकिन्छ । अहिले घुम्दै परिस्थिति त्यही दिशातिर जाँदैछ । परिस्थिति नयाँ ढंगले हामीले उहिल्यै आँकलन गरेको जस्तै गणतन्त्रमा त यो देशलाई अब कसैले रोक्न सक्दैन ।’

अध्यक्ष दाहालले क्रान्तिकारीहरुले जनताको गणतन्त्र बनाउनेतिर फेरि एउटा लडाईं लड्नुपर्ने आवश्यकता देखिएको बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्