काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार एभरेष्ट बैंक, कामना सेवा विकास बैंक, अपि पावर कम्पनी र सिईडीबी होल्डीङ्ग लिमिटेडको बोन सेयर नेप्सेमा सूचीकृत भएको हो ।
बुधबार एभरेष्ट बैंकको १० प्रतिशत बापतको १ करोड १७ लाख ६७ हजार ९ सय ३.८८ कित्ता , कामना सेवा विकास बैंकको ७ प्रतिशत बापतको २२ लाख ९६ हजार ८ सय १५.२७ कित्ता, अपि पावर कम्पनीको ५ प्रतिशत बापत २८ लाख ९३ हजार २ सय ९८.९५ कित्ता , सिईडीबी होल्डीङ्ग लिमिटेडको ११ प्रतिशत बोनस बापतको १० लाख २४ हजार ९ सय १९ कित्ता गरि कुल १ करोड ७९ लाख ८२ हजार ९ सय ३७ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ ।
साथै, अब यी दुई कम्पनीको बोनस सेयर सम्बन्धी सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्