Shikhar Insurance
National Life

सामाजिक सुरक्षा कोषमा गरेको योगदानमा ८ प्रतिशत थपिने

सिंहदरबार संवाददाता
२०७८ असार १४, सोमबार १७:२१
Hyundai
NCELL
NIMB

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा गरेको योगदानमा ८ प्रतिशत थपिने भएको छ । योगदानकर्ताले आर्थिक वर्ष २०७६/७७ मा गरेको योगदानमा ८ प्रतिशत थपिने भएको हो ।

आव २०७६/७७ भित्र सुचीकृत योगदानकर्ता कोषको आव २०७६/७७ को वृद्धावस्था सुरक्षा योजना अन्तरगतको संकलित योगदान रकमको लगानीबाट प्राप्त प्रतिफल ३ करोड ८० लाख १५ हजार ६ सय ९८ रुपैयाँ र ८० पैसा वितरण योग्य रकमलाई कोषमा सम्बन्धित योगदानकर्ताको योगदान रकम दाखिला भएको आधारमा ८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय कोषले गरेको हो । यो रकम कोषले सम्बन्धित योगदानकर्ताको सामाजिक सुरक्षा कोषको खातामा यथासक्य चाँडो जम्मा गर्ने बताएको छ । कोषले बैंकहरूमा पैसा राखेर पाएको ब्याज योगदानकर्तामा बाँडेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उदाहरणका लागि, योगदानकर्ताले आव २०७६/७७ मा कुल १ लाख रूपैयाँ योगदान गरेको भए, त्यसमा ८ प्रतिशत अर्थात् ८ हजार जोडिएर योगदान रकम १ लाख ८ हजार पुगेको छ ।

सामाजिक सुरक्षा कोषले सञ्चालन गर्ने योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुन २०७५ कात्तिक २६ गते राजपत्रमा सुचना प्रकाशित गरि २०७६ साउन १ बाट निरन्तर योगदान रकम संकलन भइरहेको छ । हालसम्म कोषमा जम्मा १४ हजार ५ सय ८० रोजगारदाताका २ लाख ५१ हजार २ सय ९२ योगदानकर्ताबाट ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम संकलन भएको छ ।

कोषले सञ्चालन गर्ने औषधीउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २ हजार ४७ योगदानकर्तालाई ३ करोड ९१ लाख, दुर्घटना तथा अशक्तता योजनामा ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार, आश्रित परिवार सुरक्षा योजनामा ४१ आश्रित परिवारलाई ४८ लाख ३ हजार र वृद्धावस्था सुरक्षा योजनामा ८ सय ७४ योगदानकर्तालाई ६ करोड ९७ लाख गरी कुल ११ करोड ६२ लाख रकम दावी भुक्तानी गरेको छ ।

कोषले २०७७ माघ २९ गते सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको दोस्रो संशोधन गरेको छ ।

दोस्रो संशोधन पछि कोषमा १३ सय २८ रोजगारदाता, ६४ हजार ९ सय ५६ योगदानकर्ता र २ अर्ब २१ करोड १२ लाख भन्दा बढी रकम संकलन भएको छ ।

नेपाल सरकारले बजेट वक्तव्यमार्फत योगदानकर्ताको २०७८ जेठ र असार महिनाको योगदान जम्मा गरिदिने भएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्