Shikhar Insurance
National Life

गार्डियन माइक्रो लाइफको आइपीओ आजदेखि बिक्री खुल्ला

सिंहदरबार संवाददाता
२०८१ मंसिर १९, बुधबार १०:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (मंसिर १९ गते) बाट आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो ।

यो आइपीओमा विदेशमा रहेका नेपाली पुस ३ गतेसम्म आवेदन दिन पाउनेछन्। कम्पनीले चुक्तापुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको आइपीओ ल्याउने अनुमति पाएको छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँको आइपीओ बिक्री गर्नेछ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ लाख २५ हजार कित्ता बिक्री खुला गर्नेछ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वैदेशिक रोजगारमा रहेका नेपाली आइपीओ बिक्री गरेपछि दोस्रो चरणमा ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता आफ्ना कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गर्ने कम्पनीले जनाएको छ।

वैदेशिक रोजगारमा रहेका नेपाली आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्ने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ । गार्डियन माइक्रो लाइफको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्