Shikhar Insurance
National Life

विद्युत बेच्नेतिर भन्दा स्वदेशमै खपत बढाउनेतर्फ ध्यान दिनुपर्छ : मन्त्री तामाङ

सिंहदरबार संवाददाता
२०८१ मंसिर १८, मंगलवार १७:३६
Hyundai
NIMB

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले नेपालमै विद्युत खपत गर्न सक्नुपर्नै बताएका छन् । फोटो पत्रकार क्लवको मंगलबारबाट काठमाडौंको कला परिषद्मा शुरु भएको पावरिङ-नेपाल: उर्जा क्षेत्रमा एशियाली विकास बैंक (एडिबी)-नेपाल साझेदारीको पाँच दशक विषयक फोटो प्रदर्शनीको उद्घाट गर्दै उनले यस्तो बताएका हुन् ।

राज्यमन्त्री तामाङले नेपालमा उत्पादित विद्युत अब बेच्नेतिर भन्दा पनि स्वदेशमै खपत बढाउनुपर्नेमा ध्यान दिन आवश्यक रहेको उल्लेख गरे । उत्पादित विद्युत खपत बढाउन नेपालमा विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, ‘अब हामी नेपालमा विद्युत यत्रो उत्पादन शुरु भइरहेको छ । अब विद्युत बेच्ने कुराहरु भनिसक्नुभएको छ । बंगलादेश, भारतमा बेच्ने कुराहरु भइरहेको छ । तर अब नेपालमा खपत गर्नुपर्छ । काठमाडौं उपत्यकाका तीन वटा जिल्लामा करिव ३ हजार ट्याक्सीहरु चलिरहेको छ । पोखरामा २२ सय ट्याक्सी चलिरहेको छ पेट्रोलमा । विराटनगर, भैरहवा, जेपालगञ्ज, जनकपुरमा चलिरहेको छ । अब उर्जा मन्त्रालयले विद्युतीय ट्याक्सी चलाउन विदेशी दातासँग सहयाग मागेर अघि बढ्नुपर्छ ।’

फोटो प्रदर्शनी मंसिर १८ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्