Shikhar Insurance
National Life

‘संसद अधिवेशनको लागि सांसदहरु नै तयार देखिनुहुन्न’ सभामुख घिमिरे

सिंहदरबार संवाददाता
२०८१ मंसिर १८, मंगलवार १७:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारले आफ्नो आवश्यकतालाई हेरेर मात्रै कानूनमाथि छलफल गर्ने परिस्थितिको अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार ललितपुरमा भएको सभामुखसहित समिति सभापतिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

उनले संसद कानून बनाउने थलो भएपनि वर्तमान संसदले कानून बनाउन नसकेको स्वीकार गरे । उनले संसदमा कानून ल्याउँदा सरकारले आफ्नो आवश्यकता, अध्ययन, बुझाइबाट ल्याउने र त्यही आधारमा संसदमा छलफल गर्ने स्थिति रहेको भन्दै त्यसलाई अन्त्य गर्न जरुरी रहेको उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सरकारले कानून उत्पत्ति गर्दै सांसदहरुको सहभागिता बनाउने प्रवन्ध गर्न आवश्यक रहेको बताउँदै आगामी संसद अधिवेशन कहिले बोलाउने भन्ने विषय संसदहरुको भुमिकामा निर्भर हुने बताए । घिमिरेले अहिले सांसदहरु नै संसद अधिवेशनको लागि तयार नदेखिएको र समितिहरुले संसदमा पेस भएका विधेयकहरुलाई फुल हाउसमा लैजाने गरी तयारी गरी संसद अधिवेशन छिटो बोलाउन दबाब दिन सक्नुपर्ने जनाए ।

उनले भने, ‘संसद कानून बनाउने ठाउँ हो तर कानून बनाउन हामी ढिलै भएका छौं । सरकारकोतर्फबाट कानून मन्त्रीले धेरै महत्त्वपूर्ण कुराहरु राख्नुभएको छ । विभिन्न तथ्य तथ्याङ्क र अब गर्ने कुरा राख्नुभएको छ तर एउटा नमिलेको कुरा छ । संसदमा कानून ल्याउँदा आफ्नो आवश्यकता,अध्ययन,बुझाईबाट ल्याउने र त्यही आधारमा संसदमा छलफल गर्ने मात्रै स्थितिलाई अन्त्य गर्न जरुरी छ ।’

‘कानून आयोगलाई कानूनी अध्ययन गर्ने,संशोधन र नयाँ कानून बनाउने जिम्मा दिएको छ । त्यहाँ बजेटको अभाव भन्नेकुरा छ । कानून आयोगले पनि संसदहरुसँग समन्वय गरेर काम गर्ने प्रवन्ध गरिनुपर्छ ।संसदमा पेस भएका विधेयकहरुलाई फुल हाउसमा लैजाने गरी तयारी गरी संसद अधिवेशन छिटो बोलाउन दबाब दिनसक्छौं । सरकारले बोलाउनु पनि हुन्छ’ उनले भने ।

उनले संसदको गरिमा उच्च रहेको र सांसदको भुमिका महत्त्वपूर्ण रहेको भन्दै सांसदहरुले संसदलाई कम ठानेर नलाग्न संसदहरुलाई आग्रह गर्दै सदहरुले आफ्नो उचाईबाट सरकारलाई हेर्न सक्नुपर्ने उल्लेख गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्