Shikhar Insurance
National Life

‘शिक्षा विधेयकले हाम्रो देशको भविष्य तय गर्छ’ उपसभामुख राना

सिंहदरबार संवाददाता
२०८१ मंसिर १८, मंगलवार १५:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । उपसभामुख इन्दिरा रानाले शिक्षा विधेयक चाँडो ल्याउनुपर्ने बताएकी छन् । मंगलबार ललितपुरमा कानून निर्माण तथा संसदीय निगरानीमा समितिहरुको प्रभावकारिताबारे छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले अहिलेसम्म शिक्षा विधेयक बन्न नसक्नु दु:खद् भएको बताउँदै शिक्षा नीतिले देशको भविष्य निर्धारण गर्ने भन्दै राम्रो नीति बनाउनुपर्नेमा जोड दिइन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रानाले स्वदेशमै रोजगारी वृद्धि गरी युवा जनशक्तिलाई देश विकासमा लगाउनुपर्ने उल्लेख गर्दै भनिन्, ‘अहिलेसम्म हाम्रो शिक्षा विधेयक बनेको छैन । त्यो शिक्षा नीति, विधेयकले हाम्रो देशको भविष्य तय गर्दछ । अहिले हामीसँग त्यो राम्रो नीति नै छैन । उहाँहरुले रोजगारका कुराहरु गर्नुभएको छ । हामी पश्चिमी मुलुकमा पठाउँछौँ बच्चाहरुलाई । पश्चिमी मुलुकमा जान तयार बनाउँछौँ ।’

‘अहिले टेन प्ल्स टुका स्टुडेण्डहरु हेर्ने हो भने सबै विदेश जान प्रिपेयर गरिरहेका छन् । हामीसँग भएका जुन श्रोतहरु छन्, हामीसँग भएका जतिपनि पोर्टिनसियलता छ, त्यस्तो किसिमको शिक्षाहरुको हामीले प्रि स्कुलबाट बनउनु पर्‍यो । जे को अभाव छ, देश प्रेमप्रति बनाउनु पर्‍यो । त्यस्तो किसिमको कार्यक्रम सिर्जना गर्नुपर्‍यो र शिक्षा नीति चाँडो भन्दा चाँडो हाम्रो विधेयक बन्नुपर्छ’ उनले बताइन् ।

उपसभामुख रानाले शिक्षाको विकासका लागि सबै एकजुट हुनुपर्ने जनाइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्