काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.८० अंकले बढेर २७७५.८५ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
मंगलबार ३०७ कम्पनीको १ करोड ८१ लाख ६० हजार ६ सय ३४ कित्ता सेयर किनबेच भएको छ ।
मंगलबार ङादी ग्रुप पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २६ करोड ७४ लाख ३७ हजार रुपैयाँ बढी संकलन भएके छ । कम्पनीको सेयर प्रतिकित्ता ३ सय १४ रुपैयाँ पुगेको छ ।
साथै, जानकी फाइनान्स, बेष्ट पफाइनान्स, एनआरएन इन्फ्इन्ष्टक्चर डेभलपमेन्ट बैंक, एनआईसी एसिया बैंककाे सर्वाधिक काराेबार भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्