काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.८० अंकले बढेर २७७५.८५ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
मंगलबार ३०७ कम्पनीको १ करोड ८१ लाख ६० हजार ६ सय ३४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५२ करोड १२ लाख १९ हजार २ सय ९९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार ङादी ग्रुप पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २६ करोड ७४ लाख ३७ हजार रुपैयाँ बढी संकलन भएके छ । कम्पनीको सेयर प्रतिकित्ता ३ सय १४ रुपैयाँ पुगेको छ । मंगलबार १४२ कम्पनीको सेयर मूल्य बढ्दा ९७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, आज ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मुल्य ९.५१ प्रतिशितले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्