काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयहरुले संयुक्त निर्णय गर्दै निषेधाज्ञा केहि खुकुलो बनाएका हुन् । अब किराना पसलहरु चौबिसै घण्टा खुला रहनेछन् । सवारी साधनको जोर बिजोर भने कायमै रहनेछ ।
२५ सिट भन्दा बढी क्षमताको सार्वजनिक सवारी साधन पनि जोर बिजोर प्रणाली अनुसार सञ्चालन गर्न पाइनेछ ।
प्रतिक्रिया दिनुहोस्