Shikhar Insurance
National Life

साढे २८ हजार मेगावट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यक छ : घिसिङ

सिंहदरबार संवाददाता
२०८१ मंसिर १८, मंगलवार १४:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा २८ हजार ५ सय मेगावट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।

उनले प्राधिकरणले केही समयको लागि आरोआर र पिआरोआरका आयोजनाहरु पीपीएमा स्थगित भएपनि २८ हजार ५ सय मेगावटको लक्ष्य पूरा गर्न पीपीए फेरि खोल्नुपर्ने जानकारी दिए । उनले बजारलाई बन्द गरेर मात्रै नयाँ आयोजनाहरु आउनसक्ने बताए । उनले प्राधिकरणले केही जोखिम लिन नसके अन्य थप आयोजनाहरु आउँन नसक्ने जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले १२ हजार मेगावटको पीपीए सम्झौतामा हस्ताक्षर गरेपनि १२ हजारकै आयोजनाहरु आउन नसक्ने बताए । उनले ६० देखि ७० प्रतिशत पीपीए गरेका आयोजनाहरु आए त्यसले सरकारलाई ठूलो सहयोग पुग्ने बताए । कार्यकारी निर्देशक घिसिङले २८ हजार मेगावटको पीपीएमा वैदेशिक लगानी,प्राधिकरणले गर्ने,रिजर्भर आयोजनाहरु र सोलार पनि समावेश गरिएको जानकारी दिए ।

उनले सोलार उत्पादनको लागि प्राधिकरणले करिव ८ सय मेगावटको माग गर्दा ३६ सय मेगावटको प्रश्ताव आएको बताए । उनले विद्युत प्राधिकरणले सोलारलाई जलविद्युतलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको जानकारी दए । उनले सुख्खा समयमा प्राधिकरणले विद्युत माग पूरा गर्न नसक्ने अवस्था रहेको बताए । उनले प्राधिकरणले २०० मेगावटका सोलार आयोजना अगाडि बढाएको जानबारी दिए ।

उनले जलविद्युत क्षेत्रका समस्या समाधान गर्नेगरी नीतिहरुलाई सहजिकरण गर्ने तयारीमा प्राधिकरण लागेको बताए । उनले निजी क्षेत्र वा लगानीकर्तालाई मात्रै जोखिममा पार्ने नभई सरकारले पनि जोखिम बहन गर्नेगरी नीतिहरु परिमार्जन गर्न लागिएको बताए । उनले नेपालको जलविद्युत क्षेत्रको विकासलाई बिस्तार गर्नको लागि सरकार अगाडि बढ्नुपर्ने जानकारी दिए । नेपालमा २८ हजार मेगावटको पीपीए भयो भने आरोरा र पीआरोआर आयोजना ३० हजार भन्दा बढी आउने नदेखिएको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्