Shikhar Insurance
National Life

सही ढंगले सहकारी ऐनको कार्यान्वयन गर्न नसक्दा सहकारी क्षेत्र समस्याग्रस्त छ : मन्त्री अधिकारी

सिंहदरबार संवाददाता
२०८१ मंसिर १८, मंगलवार १२:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन, २०७४ को सही ढंगले कार्यान्वयन गर्न नसक्दा सहकारी क्षेत्र समस्याग्रस्त भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘सहकारीको समसामयिक अड्चन र निकास’ विषयक प्रदेशस्तरीय गोष्ठीमा बोल्दै मन्त्री अधिकारीले यस्तो बबताएका हुन् ।

उनले सहकारी क्षेत्रमा काम गर्ने क्रमममा सरोकारवाला निकायहरु ऐनको कार्यान्वयन गरेर अगाडि नबढेकै कारण सहकारी क्षेत्रमा समस्या देखापरेको बताएका छन् । उनले सहकारी क्षेत्रमा कसरि जाने र ऐनको कार्यान्वयनको गरेर अगाडि बढ्ने कुरामा को कति प्रतिवद्ध छौं ? भनेर प्रश्न समेत गरे । उनले विगतमा भएका र देखिएका कमी,जोरीहरुलाई अब दोहोरिन नदिने गरी जानको लागि ऐन र काम गर्ने विधिहरु समयानुकुल बनाउनुपर्ने कुरामा जोड दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले बजारमा सहकारीसँग जोडिएका वित्तीय संस्थाहरु ठिक होइनन् भन्ने विश्लेषण बजारमा भइरहेको उल्लेख गर्दै उक्त भाष्यलाई गलत सावित गर्न सबै जिम्मेवार भएर लाग्न जरुरी रहेको बताए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्