Shikhar Insurance
National Life

नेप्सेमा ङादी र नेशनल लघुवित्तको सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८१ मंसिर १७, सोमबार १६:४९
Hyundai
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । सोमबार ङादी ग्रुप पावर कम्पनी र नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको हो ।

ङादी ग्रुप पावर कम्पनीले शत प्रतिशत हकप्रद सेयरको लागि मूलय समायोजन गरेको हो । समायोजन अघि कम्पनीको सेयर मूल्य ४ सय ७८ रुपैयाँ रहेको थियो भने समायोजन पछि कम्पनीको सेयर मूल्य २ सय ८९ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले १४.२५ प्रतिशतको आधारमा समायोज अघि कम्पनीको सेयर मूल्य १५ सय ४९ रुपैयाँ रहेको थियो । समायोजन पछि कम्पनीको सेयर मूल्य १३ सय ५५ रुपैयाँ ८० पैसा रहेको छ ।

अब उक्त कम्पनीकाे सेयर दोस्रो बजारमा कारोबार मंगलबार  मंसिर १८ गतेदेखि आउनेछ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्