Shikhar Insurance
National Life

बीउ बिजनमा प्रविधिको प्रयोगले समग्र कृषि क्षेत्रमा सुधार आउनेछ : कृषिमन्त्री अधिकारी

सिंहदरबार संवाददाता
२०८१ मंसिर १७, सोमबार १४:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि तथा पशूपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विश्व प्रविधिको युगमा प्रवेश गरेसँगै बीउ बिजनको क्षेत्रलाई पनि प्रविधिमा आधारित बनाउँदै लैजानु कृषि क्षेत्रको महत्त्वपर्ण उपलब्धी भएको बताएका छन् ।

बीउ सम्बन्धी निर्माण गरिएको सफटवयेर देसिस– २ को आज काठमाडौंमा शूभारम्भ गर्दे मन्त्री अधिकारीले कृषिलाई सचना प्रविधि सँग जोड्न जरुरी रहेको सन्दर्भमा बीउ बिजनको वितरणलाई डिजिटलाईजेसन प्रणालीमा लैजाने कार्यले समग्र कृषि क्षेत्रमा सूधार देखिने अपेक्षा व्यक्त गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकारले डिजिटल नेपाल फ्रेमवर्क कार्यन्वयन गरिरहँदा यसको तूलनात्मक लाभ कृषि क्षेत्रले समेत लिनुपर्ने उनले बताए । उनले कृषि , पर्यटन ,उर्जा र वृहत्तर पूर्वाधार निर्माण नेपालको विकासका लागि अपरिहार्य रहेको भन्दै कृषिलाई प्रविधिमा आधारित बनाईरहँदा डिजिटल साक्षरता पनि आवश्यक रहेको उल्लेख गरे ।

मन्त्री अधिकारीले यस सफटवेयर मार्फत गणस्तरीय बीउ बिजनमा किसानको सहज पँहच हूने अपेक्षा पनि व्यक्त गरे । विभिन्न तृसंस्थाको सहयोगमा कृषि तथा पशूपन्छी विकास मन्त्रालय अन्र्तगतको बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र मार्फत यो सफटवयेर निर्माण गरेको हो ।

यस मार्फत तीनै तहका सरकार वीच बीउ बिजन वितरणलाई डिजिटलाईजेसन गरि गुणस्तरीय बीउमा किसानको पहूँच कायम हुने केन्द्रका प्रमूख बेनु प्रसाद प्रसाईले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्