Shikhar Insurance
National Life

पर्यटनमन्त्रीको प्रश्नः ईयूको कालोसूचीमा किन पर्‍यौं ?, हटाउने गरी कार्ययोजना बनाउन निर्देशन

सिंहदरबार संवाददाता
२०७८ असार १४, सोमबार ११:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लिलानाथ श्रेष्ठले मन्त्रालयमा पदबहाली गरेका छन् । मन्त्री श्रेष्ठले पद बहालीको क्रममा कपिलवस्तुस्थित प्राचीन तिलौराकोट पुरातात्विक क्षेत्रलाई संरक्षण गर्नका लागि प्राचिन स्मारक संरक्षण ऐन, २०१३ को दफा ३ अनुसारको संरक्षित स्मारक क्षेत्र घोषणा गर्नका लागि प्रारम्भिक कार्य अगाडि बढाउन पुरातत्व विभागलाई निर्देशन दिने निर्णय गरेका छन् ।

सो अवसरमा मन्त्री श्रेष्ठले नेपालको विकासको मुख्य स्तम्भमध्ये महत्वपूर्ण स्तम्भ पर्यटन क्षेत्र भएकाले नेपालको ऐतिहासिक महत्व, समृद्ध संस्कृति, भौगोलिक विविधता तथा प्राकृतिक सौन्दर्यको भरपुर उपयोग गरी पर्यटन प्रवद्र्धनमार्फत पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए । नेपाल वायु सेवा निगममा निरन्तर भइरहेको घाटाको कारण उजागर गरी घाटा मुक्त हुने अवस्था सृजना गरी जनतामा सकारात्मक आशाको सञ्चार गर्न निगमलाई निर्देशन दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी मन्त्रालयमा विद्यमान रहेका तत्कालै समाधान गर्न सकिने समस्या समाधानको कार्ययोजना तयार गर्न समेत मन्त्रीले निर्देशन दिए । युरोपियन यूनियनको कालो सूचीमा नेपालको हवाई क्षेत्र रहिरहेकोतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै उक्त कालो सूचीबाट नेपालको हवाई क्षेत्रलाई हटाउन ठोस कार्ययोजना बनाई काम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिए । उक्त कार्यक्रममा पूर्व पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा पुर्‍याएको योगदानको समेत स्मरण गराए ।

कार्यक्रममा मन्त्रालय तथाअन्तर्गतका निकायका प्रमुखहरूको उपस्थिति थियो । प्रधानमन्त्री केपी शर्माओलीले यही असार १० गते मन्त्रिपरिषद्का सदस्यहरूको थप जिम्मेवारी हेरफेरका क्रममा श्रेष्ठालाई पर्यटन मन्त्रालयको पनि जिम्मेवारी दिएका थिए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्