Shikhar Insurance
National Life

‘व्यवसायीहरु एकले अर्कोलाई दोष देखाउँदा बजार अनुगमनमा समस्या भयाे’ महानिर्देशक पौडेल

सिंहदरबार संवाददाता
२०८१ मंसिर १७, सोमबार १०:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग महानिर्देशक राजन पौडेलले व्यवसायीहरु एकले अर्कोलाई दोष देखाउँदा बजार अनुगमनमा समस्या भएको बताएका छन् । उद्योग वाणिज्य संघ काठमाडौंले बजार अनुगमनका विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महानिर्देशक पौडेलले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय पानी उत्पादकले दुग्ध व्यवसायी,दुग्ध व्यवसायीहरुले पानी व्यवसायीहरुलाई र पानी उत्पादकहरुले सिमेन्ट लगायत व्यवसायीहरुलाई दोष देखाउँदा बजार अनुगमन प्रभावित भएको बताए । उनले एक व्यवसायीहले अर्को व्यवसायीलाई आरोप लगाउँदा विभागले कसलाई कारबाही गर्ने र अनुगमन गर्ने अन्योलता सिर्जना हुने गरेको बताउँदै व्यवसायीहरुबीच आरोप/प्रत्यारोपले अनुगमन र स्वच्छ बजार प्रणालीलाई असर पर्ने गरेको उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पौडेलले बजार अनुगमन लगायतका विषयमा कैफियत नै कैफियतको जनजालमा जेलिएर एक अर्कालाई आरोप लगाई रहेको बताउँदै आरोप/प्रत्यारोपले स्वच्छ बजारलाई प्रभावित बनाउँदै नियमन निकायहरुलाई कमजोर बनाउने बताए ।

उनले दशैं तिहारमा ४० फार्मलाई अनुगमन गर्दा दुई/तीन वटा फार्मलाई मात्रै कारबाही गरेको भन्दै विभागले अनुगमन गरेर व्यवसायीहरुलाई कारबाही गर्ने नियत नभएको जनाउँदै विभागले व्यवसायीहरुलाई कारबाही गरेर संख्या बढाउने र राजश्व संकलन गर्ने उद्देश्य नभएको दाबी गरे ।

उनले भने, ‘वाणिज्य विभागमा अहिलेसम्म बस्दाको अनुभव विभिन्न क्षेत्रका व्यवसायीहरुसँग कुरा गरिन्छ । हरेक क्षेत्रमा व्यवसायीहरुले एकले अर्कोलाई दोषी देखाउने काम गर्नुभएको छ । कस्मेटिक व्यवसायीहरु आएर दुग्धमा कति ठूलो फल्ड छ । किन अनुगमन गर्नु हुँदैन ? विभागले दुग्ध व्यवसायीहरुलाई बोलायौं । उनीहरु भन्छन् । पानीको जार यति धेरै फोहोर छ । पानीको जारमा फोहोरको लेदो भेटिएको छ । विभाग के हेरे बस्नुभएको छ ? पानी उत्पादक संघलाई बोलाएर ल्याइयो । पानी उत्पादकहरु भन्छन् सिमेन्ट यति धेरै फटाहा भएको छ । एनआरपी नराखी बेच्छ ।

उनले थपे, ‘कैफियत नै कैफियतको जनजालमा जेलिएर एक अर्कालाई आरोप लगाई रहेका छौं । यसले कसैलाई हित गदैन । एक अर्कोलाई लगाउने आरोपले कमजोर बनाउँछ । दशैंतिहारमा ४० फर्मलाई अनुगमन गरेका छौं । त्यसमा दुई तिन वटालाई मात्रै कारबाही गरेका छौँ । विभागले अनुगमन गरेर कारबाही गर्ने नियत होइन । विभागले व्यवसायीहरुलाई कारबाही गरेर संख्या बढाउने र राजश्व बढाउने उद्देश्य होइन । व्यवसाय राम्रो चले आफैँ राजश्व संकलन हुन्छ ।’

उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले सरकारले गर्ने अनुगमन तथा नियमनमा निजी क्षेत्र नकारात्मक नभएको बताए । उनले सरकारले निजी क्षेत्रले अफ्ठ्यारो स्थितिमा गरेको लगानीलाई बुझेर कानूनी कारबाही गर्नु आवश्यक रहेको बताए । पौडेल सरकारले लगानी समेत डुब्ने गरी कारबाही गर्दा उद्योग व्यवसायबाट व्यवसायी पलायन हुने अवस्था आउने बताउँदै सरकारले लामो समयदेखि बजार अनुगमन गरिरहेको तर बजारमा सुधार नभएको भन्दै सुधार हुन जरुरी रहेको जनाए ।

उनले सरकारले बजार अनुगमनबाट अस्वभाविक मूल्यवृद्धि हुँदैन भन्ने ग्यारेन्टी गर्दा मात्रै बजार अनुगमनको प्रभावकारीता हुने बताउँदै मिति सकिएका वस्तुहरु बजारमा पाइँदैन भन्ने अवस्था बनाउँदा मात्रै उपभोक्ताहरु ढुक्क भएर बजारमा जानसक्ने अवस्था आउने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्