काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीतिगत सुधार नभएको कारण मुलुकको संस्थागत र संरचनागत विकास हुन नसकेको टिप्पणी गरेका छन् ।
आइतबार काठमाडौंमा छैटौँ संस्करणको ‘डिशहोम १२खरी कथा प्रतियोगिता–२०८१’ को नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पञ्चायतकालका कानूनहरु रहेको उल्लेख गर्दै ति कानूनहरुकै कारण काम आफूले गर्दै आएको कामहरु परिणाममुखि नदेखिएको बताएका हुन् ।
पुराना भएका कानूनहरुलाई समयानुकुल बनाएर उत्पन्न समस्याहरुको समाधान निकाल्न जरुरी रहेको उनको भनाइ छ । उनले राज्यका संरचनाहरुको काम गर्ने क्षमता वृद्धि गर्न नसकेकै कारण सहकारीमा समस्या देखिएको बताए ।
उनले सहकारीलाई तीन खम्बे अर्थनीति प्रोत्साहन गरेको भएपनि त्यसको समयमै नियमन र अनुगमन गर्न नसक्दा समस्या देखिएको बताउँदै विश्वमै सहकारीले महत्त्वपूर्ण भुमिका खेलेको देश नेपाल भनिएपनि सहकारीहरुको कार्यशैली, कार्यक्षमतामा सरकारले ध्यान दिन नसकेको जनाए ।
उनले पुराना भएका कानूनहरुको संशोधन गरी समयानुकल बनाउन सरकार लागिपरेको बताउँदै भने, ‘नीतिगत सुधार कहाँ कहाँ हुनुपर्ने हो रु गर्नुपर्छ । त्यो नीतिले पुगेन । अहिले पनि हामी चाहेको कामहरु गर्न सक्दैनौं । हामीले संरचनागत र संस्थागत क्षमता विकास नै गरेका रहेनछौं । हाम्रा संयन्त्रहरुले काम गर्ने क्षमता हामीले बढाएका रहेनछौं । तीन खम्बे अर्थनीति भनेर सहकारीलाई हामीले एकदमै प्रोत्साहन दियौं तर त्यसलाई समयमै नियमन गरिएन ।’
यस वर्षको डिशहोम १२ कथा लेखन प्रतियोगितामा कथाकार विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ले प्रथम पुरस्कार प्राप्त गरेको छ । यस्तै कथाकार प्रमेय भण्डारीको कथा ‘कृत्रिम सपना’ द्वितीय र कथाकार विवेक धिमालको कथा ‘मैले देखेको विद्यालय’ले तृतीय पुरस्कार प्राप्त गरेको छ ।
क्रममा छैटौँ संस्करणको कथा प्रतियोगिताका विजेता घोषणासँगै प्रतिष्पर्धामा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्राप्त ९३७ कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा–२०८१’ पुस्तकको लोकार्पण पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्