Shikhar Insurance
National Life

१० हजार टार्गेट भन्दै कस्ले खेलिरहेको छ विशाल बजारको सेयरमा ?

प्रमिला भट्ट
२०८१ मंसिर १७, सोमबार ०९:१०
Hyundai
NIMB

काठमाडौं । नेपाली सेयर बजारमा व्यक्तिहरुको रजगज निरन्तर कायम नै रहेको छ । नियामकीय कारबाही परेका तथा कमजोर वित्तीय अवस्थाका कम्पनीहरुको सेयरमा उछाल दिनदिनै र सोझा लगानीकर्ता बल्छीदाउमा पर्ने चलनको अन्त्य हुन सकेको छैन । धितोपत्र बोर्ड अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएर आएपछि यो समस्याले झनै बिकराल रुप लिएको हो ।

श्रेष्ठ बोर्डमा नियुक्त भएर आएपछि बजारमा नियामकीय कारबाही परेका तथा लगातार घाटामा रहेका कम्पनीहरु विशाल बजार कम्पनी लिमिटेड, कार्णली डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, इन्फिनिटी माइक्रोफाइनान्स जस्ता कम्पनीहरुको सेयर दिनैदिन सर्किट लाग्ने वा सर्किट लेवलमा पुग्ने गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैमध्ये उच्च बेथितिमा रहेको बिगत ३ आर्थिक वर्षदेखि वार्षिक साधारण सभा नगरेको, कुनैपनि वित्तीय रिर्पोट सार्वजनिक नभएको, पटक-पटक नियामकीय कारबाहीमा परेको तथा सन २०२१ को रिर्पोट अनुसार इपीएस जम्मा ३ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य भने ६ हजारको हाराहारीमा रहेको छ । साथै यो कम्पनीको सेयरमा निरन्तर सर्किट लाग्ने क्रम भने जारीनै रहेको छ ।

यसरी भैरहेको छ बीबीसीको सेयरमा चलखेल

विशाल बजार कम्पनी लिमिटेडको सेयर खरिद-बिक्रीको प्याट्रन हेर्दा यसको बहुंसख्यक  सेयरको कारोबार २८, ४१ र ४३ नम्बर ब्रोकरबाट भैरहेको पाइन्छ । यसबाट यो शंका उत्पन्न हुन्छ की केहि निहित स्वार्थ समुहले त कतै सेयरको मूल्य रकेटको गतिमा कुदाइ रहेका छैनन् ?

नेपाल सरकारको बहुसंख्यक सेयर रहेको यो कम्पनीमा विगत तीन वर्षदेखि वार्षिक साधारणसभा नभएको कुनैपनि वित्तीय विवरण प्राप्त नभएकोले स्वार्थ समुहलाई ‘प्ले’ गर्न सजिलो भएको छ ।

कम्पनीमा ४ अर्ब १० करोड रुपैयाँ बराबरको ४ करोड १ लाख कित्ता सेयर छ तर दोस्रो बजारमा कारोबार हुने सेयर भने जम्मा ७५ हजार कित्ता सेयर रहेको छ । जसलाई कुनैपनि समुहले सजिलै म्यानुपुलेट गर्न सक्छ ।

कम्पनीले ०७७ /०७८ पछिको कुनै पनि वित्तिय विवरण राखेको छैन । ठूला लगानीकर्ताहरुले जम्मा ७५ हजार कित्तामा खेलि रहेको छ । ६ महिनाको तथ्यांक हेर्दा ब्रोकर ४१ ले ३३ सय ८३ कित्ता, ४३ ले १७ सय ६३ कित्ता, २८ ले २४ सय ५१ कित्ता सेयरको कारोबार गरेको देखिन्छ ।

पछिल्लो तीन दिनदेखि कम्पनीको सेयर उच्च दाममा सकारात्मक सर्किट लाग्दै ५ हजार ९ सय ८९ रुपैयाँ ५० पैसा पुगेको छ । समस्यान्मुख कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्नु अस्वाभाविक रहेको र यसको बारेमा राम्रोसँग बुझेर अवस्था हेरेर जानकारी दिने धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले सिंहदरबारलाई बताए ।

त्यस्तै, उक्त कम्पनीको सञ्चालक समितिको सदस्य राधिका कुमारी पोखरेलले भनिन्,‘ यो ठूला लगानीकर्ताको चलखेल नै हो । या यसरी बढ्नुमा लगानीकर्ताको नै हात छ । म त्यो यकिन गरेर भन्न  सक्दिन तर केहि चै भएको छ ।’

साधारण सभा हुन लाग्दा सञ्चालक टिम नभएको अख्तियारहरु आएको कारणले गर्दा साधारण सभा हुन नसकेको बताउँदै पोखरेलले भनिन् ‘ म आएको १ महिना भयो यो बिचमा काम गर्ने माहोल बनाएको छु । अब आउने आर्थिक वर्षमा साधारण सभा गर्ने सबै काम गर्नतिर पहल गरेकी छु ’। विशाल बजारमा व्यापारीले सरकारलाई ठग्न खोज्ने र सरकारले व्यापारीलाई हेप्ने प्रविधि रहेको स्वीकार गर्दै पोखरेलले भनिन् ‘सञ्चालक टिमहरु विदेशमा भएको कारणले गर्दा कुनै पनि कुरा पारित हुन सकेको छैन् । यसको वित्तीय रिर्पोट राम्रो नहुँदा पनि चलि रहेको कम्पनी हो यसलाई कसरी ट्रयाकमा ल्याउने भन्नेतिर लागि परेको छु ।’

‘साना लगानीकर्ताले किन्न सक्ने अवस्था छैन ठूला लगानीकर्ताले गर्दा हो साना लगनीकर्ता मारमा पर्ने । सेयरमा सर्किट लागेको देखेर लगानी गर्नु पनि लगानीकर्ताको दोष हो नि, ३ वर्ष अगाडीदेखि कुनै पनि वित्तीय रिर्पोट निकाल्न सकेको छैन्, साधारण सभा गर्न सकेको छैन भने त्यस्तो कम्पनीमा लगानी गर्नु नै मुर्ख हो ’ भिरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ काध नै थाप्न त सकिन्न नि ’ उनले भनिन् ।

यस्तै, सेयर लगानीकर्ता छोटेलाल रौननियारले भने ‘ निकै ठूलो चलखेल गरेको छ निकै गन्जागोल रहेको छ । १ प्रतिशत सेयर सर्वसाधारणलाई रहेको छ । किन नकारात्मक कुराहरु लेराइ रहेका छन् ? राष्ट्र बैंककले विज्ञप्ति निकाल्दा पनि किन कर्णाली डेभलपमेन्ट बैंकले सेबोनलाई जिस्काइ रहेको छ सेबोनले ध्यान दिन निकै आवश्यक रहेको छ । यस्ता कम्पनीलाई नेप्से र सेबोनले कारवाही गर्नुपर्छ ।’

नेप्सेका एक अधिकारीले सिंहदरबारसँग भने ‘ चलखेल भइरहेको छ । डिमान्ड धेरै भएको करणले सेयरमा सर्किट लागेको हो । लगानीकर्ताको रणनीतिले भएको हो मान्छेहरुले कसरी बुझेका छन् त्यसमा भर पर्छ । क्यापिटल बढेपछि इपिएस घट्छ । अनौठो अवस्थासँग बढेको छ । नेपालमा मात्रै नभएर अन्य देशमा पनि यस्तो भई रहेको छ तर नेपालमा चाही अहिले यस्तो देखिएको हो ।’

नेपाली सेयर बजारमा बजार लिट्रेसीको अभाव, छिटै उत्साहित हुने लगानीकर्ताका कारण म्यानुपुलेट भएर सोझा लगानीकर्ताहरु बारम्बार फस्ने गरेको सामान्य यर्थाथतले गर्दा पुन खेलाडीको चलखेलका कारण विशाल बजार कम्पनी लिमिटेडको सेयरमा साना लगानीकर्ताले फेरी टोपीलगाउने अवस्था निकट देखिन्छ ।

अहिले विशाल बजार कम्पनी लिमिटेडको कारोबार भइरहेको ब्रोकरबाट नेपाल फाइनाइन्सको समेत यसैगरी कारोबार भएकोले कतै त्यही समुहले नै त विशाल बजार कम्पनी लिमिटेडको सेयरमा चलखेल गरेको छैन । यसमा सेयर बजारको नियामकीय निकाय नेपाल धितोपत्र बोर्डले बेलैमा उचित कदम चाल्न जरुरी छ । नत्र फेरी साना लगानीकर्ता डुब्ने खतरा रहेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्