काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.९९ प्रतिशतले घटेर २७३८.०६ अंकमा पुगेको छ ।
आइतबार ३१४ कम्पनीको १ करोड ६७ लाख ६७ हजार १ सय ६८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ८३ करोड २२ लाख २५ हजार ८ सय ९२ रुपैयाँ कारोबार भएको छ ।
आज ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । साथै, एक्सेल डेभलपमेन्ट बैंकको ९.६८ प्रतिशत, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको ९.४३ प्रतिशत सहित ८३ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्