काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.९९ प्रतिशतले घटेर २७३८.०६ अंकमा पुगेको छ ।
आइतबार ३१४ कम्पनीको १ करोड ६७ लाख ६७ हजार १ सय ६८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ८३ करोड २२ लाख २५ हजार ८ सय ९२ रुपैयाँ कारोबार भएको छ ।
आज एक्सेल डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको ३४ करोड ३१ लाख ४९ हजार ७ सय १७ रुपैयाँ संकलन भएको छ । बैंकको प्रतिकित्ता न्युनतम मूल्य ७ सय ४९ रुपैयाँ पुगेको छ ।
आइतबार ६३ कम्पनीको सेयर मूल्य बढ्दा १७८ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको सेयर स्थिर रहेको छ । त्यस्तै, आज ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने जानकी फाइनान्स कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्