Skip to content
Shikhar Insurance
National Life

आरबीबी मर्चेन्टको एक अर्बको म्युचुअल फण्ड असार २३ देखि

Hyundai
NCELL
NIMB

काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडले एक अर्बको म्युचुल फण्ड असार २३ गतेदेखि निष्काशन गर्ने भएको छ। प्रति ईकाई १० रुपैयाँ मूल्यका १० करोड ईकाईमध्ये १३ प्रतिशतले हुने एक करोड ५० लाख इकाई कोष प्रवर्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित गरिएको छ ।

२ प्रतिशत इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरीएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिनेछ । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाइन्छ।

फण्डको निष्काशन छिटोमा असार २७ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा साउन ६ गतेसम्म आवेदन म्याद थप गरिनेछ । आरबिबि मर्चेन्ट बैंकिङ्ग राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । ७ वर्ष अवधीको फण्ड बन्दमुखी योजना हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्