काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार आगामी निर्वाचनसम्म नै कायम रहने दाबी गरेका छन् । शनिवार रुपन्देही उद्योग संंघको ४७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले विगतमा छिनछिनमा सरकार परिवर्तन भइरहेको हुनाले वर्तमान सरकार पनि कतिबेला परिवर्तन होला भन्ने आशंका उब्जिएको हुनसक्ने भन्दै सरकार ०८४ सम्म नै कायम रहने बताए ।
उनले काँग्रेस—एमालेबीचको समीकरण ०८४ मा हुने निर्वाचन नहुन्जेलसम्म जारी रहने जानकारी दिए । कसैले कहीँ पर्दाभित्र, पर्दा बाहिर कोशिस नगर्न आग्रह गरे । उनले वर्तमान सरकारको विकल्पमा कोशिस नगरे राम्रो हुने बताए ।
उपप्रधानमन्त्री पौडेलले अहिले अस्थिरता सम्भव नरहेको र अस्थिरताका कुनै कोशिसहरु सार्थक हुन नसक्ने दाबी गरे । अस्थिरतालाई मलजल हुने खालका गतिविधिमा समाचार व्यतित नगर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्