काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने १ करोड १५ लाख ९३ हजार ५७७.२५ कित्ता बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ ले हुन आउँने ६ करोड १० लाख १८ हजार ८२८ रुपैयाँ नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्