काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले संस्थागत सेयर बिक्रीमा ल्याएको छ । संस्थाले सेयरधनी दिलिप घलेको नाममा रहेको ८ हजार ७ सय ११ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त संस्थापक सेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा-२६ विजयपुर, कास्कीमा आफूले खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई निवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।
तोकिएको म्याद भित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि निवेदन पेश हुन नआएकोृ खण्डमा प्रचलित नियमानुसार अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री प्रकृया अगाडि बढाउँने संस्थाले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्