Shikhar Insurance
National Life

हाइलाइफ फुड्स र लुम्बिनी लायन्सबीच सहकार्य, क्रिकेट टिमलाई जागरुक बनाउँने

सिंहदरबार संवाददाता
२०८१ मंसिर १४, शुक्रबार १६:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालकै एफएमजिसीमा अग्रणी ब्रान्ड हाइलाइफ फुड्सले नेपाल प्रिमियर लिग (एनपीएल)को लागि लुम्बिनी लायन्ससँग जर्सीमा सहकार्य गरेको छ । क्रिकेटको उत्साह र स्वस्थ जीवनशैली भन्ने मूल नारासहित यो कम्पनीले लुम्बिनी लायन्सप्रति समर्थन जनाउँदै सहकार्य गरेको हो ।

हरेक खेलाडीहरु स्वस्थ राख्नुको साथै हरेक नेपालीहरुलाई स्वस्थ जीवनशैली बाच्नको लागि हाइलाइफका विभिन्न ब्रान्डहरुले हरेक नेपालीको घर–घरमा हरेक दिन सहयोग पुुर्याउँदै आएको छ । क्रिकेटमार्फत सम्पूर्ण युवाहरुलाई फिटनेश र टिमवर्कप्रति जागरुक गराउनुको साथै उक्त टिमलाई समर्थन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्रिकेटलाई अघि बढाउन यस कम्पनीको सदैव सहयोग रहने हाइलाइफ फुड्सले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाइलाइफका विभिन्न खाद्य वस्तुहरुमार्फत नेपाली पुस्ता र हरेक क्षेत्रका समुदायहरुलाई जोड्न समेत यस कम्पनीको ब्राण्डहरुको विशेष भूमिका रहेको छ । खाजा होस् या खाना हरेकको भान्छामा यसका उत्पादनहरु प्रयोग भइ नै रहेका छन् ।

व्यस्त र आधुनिक जीवनशैली अनुसार ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय उत्पादन र प्याकेजिङलाई प्राथमिकता दिनु नै यस कम्पनीको विशषेता हो । उपभोक्तालाई दिएको गुणस्तरीय सेवाका कारण मागले थेग्न सक्ने अवस्था नहुँदा अन्य कम्पनीका गुणस्तरीय उत्पादनहरुलाई समेत बजार पुर्याउन यसले सहयोग गर्ने गरेको छ ।

हरेक नेपालीका भान्छामा आवश्यक हरेक वस्तु उपलब्ध गराउने योजनाअनुसार कम्पनी छिट्टै अचार तथा खाने तेल समेत उत्पादन गर्ने योजनामा छ । नेपाली उत्पादनलाई कमसल र तल्लो स्तरको मान्ने नेपाली उपभोक्ताको मानसिकतालाई आफूहरुले परिवर्तन गर्न सफल भएको कम्पनीको दाबी छ ।

यसैगरी, गुणस्तरीय खाने तेलका लागि उद्योग सञ्चालनमा ल्याउने तयारी रहेको छ । कम्पनीले हाल विभिन्न १५ वटा विधाका ८३ बढी खाद्य वस्तु उत्पादन गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्