काठमाडौं । कुमारी बैंक लिमिटेड र बुढानिलकण्ठ, काठमाडौंस्थित भिजन कार्ट प्रालिबीच विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता अनुसार भिजन कार्टबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई इएम शुल्क र परीक्षणमा ४० प्रतिशत छुट (अधिकतम ४ हजारसम्म), नि:शुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट लेन्समा ५ प्रशितसम्म छुट हुने बैंकले जनाएको छ ।
साथै, पार्टनर रिफेरल केन्द्रमा कुनै प्रकारको आँखा सम्बन्धी शल्यक्रिया गर्दा ५ प्रतिशत छुट, सनग्लासमा १० प्रतिशत छुट, र जेष्ठ नागरिकका लागि नि:शुल्क डाक्टर परामर्श दिइने भिजन कार्टले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्