Shikhar Insurance
National Life

सेयर बजारमा केन्द्रित लगानीले देशको विकास हुँदैन : मुख्यमन्त्री आचार्य

सिंहदरबार संवाददाता
२०८१ मंसिर १४, शुक्रबार १३:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेयर बजारमा केन्द्रित लगानीले देशको विकास नहुने बताएका छन् । बिहीबार लुम्बीनीमा भएको ‘लुम्बीनीमा लगानी: अवसर र चुनौति’ विषय कार्यशाला गोष्टीमा बोल्दै मुख्यमन्त्री आचार्यले उद्योगी व्यवसायीहरु उद्योग खोल्ने भन्दा पनि सेयर बजारमा लगानी गर्नेतर्फ आकर्षित भएको स्पष्ट पारेका हुन् ।

भैरहवा विमानस्थल स्थायी रुपमा सञ्चालनको लागि प्रदेश सरकारले पहल गर्ने बताए । उनले केही सरकारी कर्मचारीले सरकारको नीति भन्दा बाहिर गएर विमानस्थल सञ्चालन गर्न नसकिने भने पनि सरकार विमानस्थल सञ्चालनमा पछाडी नहट्ने जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले केन्द्र सरकारले श्रमिकको स्वास्थ्य परीक्षण,भिषा र श्रम स्वीकृत लुम्बीनीबाट गर्ने वातावरण तत्काल मिलाउन जरुरी रहेको बताए। उनले प्रदेश सरकार भैरहवा विमानस्थल स्थायी रुपमा सञ्चालन गर्न प्रतिवद्ध रहेको जानकारी दिए ।

उनले प्रदेश सरकारले स्वास्थ्य परीक्षण,श्रम स्वीकृत र भिषा स्वीकृतको लागि सम्बन्धित निकायहरुमा पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उनले लुम्बिनी क्षेत्रमा उद्योग स्थापनाको लागि लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताए । उनले निजी क्षेत्रलाई लगानी सहजिकरणको लागि सहयोग गर्न प्रदेश सरकार आतुर रहेको उल्लेख गरे ।

उनले लगानीको लागि नीतिगत र कानूनी रुपमा समस्या भए समस्या समधान गर्न आफूहरु तयार रहेको जानकारी दिए । उनले लुम्बीनी प्रदेशमा लगानी गर्ने उद्योगी व्यवसायीहरुलाई दिल खोलेर लगानी गर्न आग्रह गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्