काठमाडौं । नेपाल धितोपत्र बोर्डमा प्रवक्ता फेरिएका छन् । यस अघिसम्म प्रवक्ताको जिम्मेवारीमा रहेका कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई हटाएर निरञ्जय घिमिरेलाई तोकिएको हो । घिमिरे उप कार्यकारी निर्देशकको जिम्मेवारीमा छन् ।
बोर्डका नव नियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आफुसँग बोर्ड अध्यक्षको अन्तिम प्रतिष्पर्धासम्मै भिडेका डा. अधिकारीलाई प्रवक्ताबाट हटाएका हुन् ।
बोर्ड अध्यक्षका लागि श्रेष्ठसँगै बोर्डका कार्यकारी निर्देशकद्धय डा. अधिकारी र मुक्तिनाथ श्रेष्ठ अन्तिम ३ जनामा सिफारिस भएका थिए । आफुसँग अध्यक्षमा प्रतिष्पर्धा गरेका डा.अधिकारीको जिम्मेवारी खोसिएसँगै बोर्डमा अब शक्ति संघर्ष सुरु हुने स्पष्टै देखिन्छ । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सको प्रक्रिया आरम्भ गर्नुपर्ने जिम्मेवारीमा रहेका अध्यक्ष श्रेष्ठले आफु अनुकुल टिम निर्माण थालेका हुन् ।
प्रतिक्रिया दिनुहोस्