काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले पशुपालन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्याएको बताएका छन् । शुक्रबार काठमाडौंमा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले पशुपालन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान पुर्याएको बताएका हुन् ।
उनले पशुपालन क्षेत्रले लाखौं नेपालीको जीविकोपार्जनमा महत्त्वपूर्ण भूमिका खेलेको भएपनि चुनौतिबाट टाढा रहन नसकेको जानकारी दिए । उनले पशुपालन क्षेत्रले उपयुक्त पोषण, प्रजनन, पशु स्वास्थ्य, बजारीकरण र चर्को उत्पादन लागत लगायतका विविध चुनौतिहरुको सामना गरिरहेको उल्लेख गरेका ।
बर्ड फ्लु, रेविज जस्ता जनावरबाट मानिसमा सर्ने रोगहरु जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतिहरुले जटिलता थप्दै गएको उनको भनाइ छ । उनले एफएओले नेपालको पशु स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउँदै एक स्वास्थ्यको अवधारणालाई प्रवर्द्धन गर्न सहयोग गरेको जानकारी दिए । पशुबाट मानिसमा सर्ने रोगहरुको चुनौतिको सामना गर्दै भविष्यका लागि एक दिगो र सक्षम पशु स्वास्थ्य प्रणाली आवश्यक रहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्