Shikhar Insurance
National Life

अकासे पानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानी

सिंहदरबार संवाददाता
२०८१ मंसिर १४, शुक्रबार १०:५६
Hyundai
NCELL
NIMB

खोटाङ । खानेपानीको चरम अभाव रहेको हलेसी तुवाचुङ नगरपालिका–३ स्थित च्यास्मिटार माध्यमिक विद्यालयमा अकासे पानी शुद्धीकरण गरेर प्रयोग गर्न थालिएको छ । विद्यालयका प्रधानाध्यापक तेजकुमार राईका अनुसार नगरपालिको पहलमा ‘वेस्ट वाटर’ संस्था र विद्यालयबीचको साझेदारीमा आकाशबाट परेको पानीलाई जम्मा गरी छानेर पिउनयोग्य बनाइएको छ ।

वर्षात्को पानीलाई ३० हजार लिटरका तीनवटा ट्याङ्कीमा जम्मा गरिएको छ । उक्त संस्थाको १२ लाख र विद्यालयको १ लाख ९० हजारको लागतमा शुद्धीकरण उपकरण जडान गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त संस्थाले गत आइतबार विद्यालयलाई औपचारिक रूपमा खानेपानी योजना हस्तान्तरण गरेकोे छ । नगरपालिकाको ११ वटा वडामा वर्षौँदेखि खानेपानीको समस्या छ । स्थानीयवासी ट्रयाक्टर तथा गाग्रीमा दूधकोशीबाट बोकेर ल्याएको पानी उपभोग गर्न बाध्य छन् ।

चार हजार आठ सय ९७ उपभोक्ता दूधकोशी नदीको पानी लिफ्ट गरेर वितरण गर्नेगरी सञ्चालित ‘बृहत् हलेसी लिफ्टिङ खानेपानी आयोजना’ अलपत्र छ । सरकारको ९६ करोड ४५ लाख चार हजार एक सय ३८ लागतमा सम्पन्न गर्नेगरी २०७४ सालदेखि निर्माण सुरु भएको यो आयोजनाको काम अन्तिम चरणमा पुगेपछि अलपत्र भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्