Shikhar Insurance
National Life

बाँझो जग्गामा कागतीखेती गर्दै त्रिपाठी, आय बढाउने र रोजगारी सृजना गर्ने लक्ष्य

सिंहदरबार संवाददाता
२०८१ मंसिर १४, शुक्रबार १०:५०
Hyundai
NCELL
NIMB

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसैवर्षदेखि कागतीखेती सुरु गरेका छन् । गाउँबेँसी एकीकृत कृषि केन्द्रका सञ्चालकसमेत रहेका उनले व्यावसायिक रुपमा कागतीखेती सुरु गरेको बताउँदै हाल २६ रोपनी क्षेत्रफलमा पाँच सय ८४ ‘तेह्रथुमे’ जातका कागतीका बिरुवा हुर्किरहेका जानकारी दिए ।

कागतीखेतीका लागि उनले पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, आयोजना कार्यान्वयन एकाइ गण्डकी प्रदेशअन्तर्गत फलफूल बगैँचा स्थापना कार्यकमबाट अनुदान सहयोग पनि पाएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रमका लागि कुल लागत ७ लाख ८१ हजार चार सय रहेकामा आयोजनाबाट ३ लाख ९० हजार सात सय स्वीकृत अनुदान रहेको छभने ३ लाख ९० हजार सात सय त्रिपाठी स्वयंले व्यहोर्छन् ।

कागतीको उत्पादन गर्दै आय बढाउने र यसबाट रोजगारी सृजना गर्ने उनको लक्ष्य छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्