काठमाडौं । बिग ह्याच र फाइभ-स्टार लक्जरी भएको नामी गाडीले नेपालबाट राइट ह्यान्ड ड्राइभको अन्तर्राष्ट्रिय शुभारम्भ गरेको थियो । यस अवसरमा कम्पनीले सीमित अवधिको लागि विशेष परिचयात्मक मूल्य पनि प्रस्ताव गरेको थियो ।
नेपालमा शुभारम्भपछि हङकङ, सिंगापुर र मलेसियामा पनि अनावरणहरू गरिएको थियो । यो सीमित समयका लागि प्रस्तावित मूल्य यस महिनाको अन्त्यमा समाप्त हुने र यसपछि सामान्य मूल्यहरू नै कायम रहने कम्पनीका प्रवक्ताले बताए। यो मूल्य वृद्धि विभिन्न मोडेल अनुसार भिन्न हुनेछन् ।
नामी ई१: नेपाली ३० लाख २४ हजार रुपैयाँ (नेपाली २५ हजारको वृद्धि)
नामी ई२: नेपाली ३२ लाख ४९,००० (नेपाली ५० हजारको वृद्धि)
नामी ई३: नेपाली ३५ लाख ९९,००० (नेपाली १ लाखको वृद्धि)
डुअल टोन कलर भेरियन्ट खोज्नेहरूका लागि भने ने ५०,००० अतिरिक्त लागू हुने कम्पनीले जनाएको छ । नामीको आगमन दक्षिण एसियाको ईभी यात्रामा अतुलनीय लक्जरी र टेक्नोलोजीसँग दिगोपनलाई मिलाउने एउटा महत्त्वपूर्ण माइलस्टोन हो ।
सेग्मेन्टमै पहिलो फ्रेमलेस ढोका, मेमोरी सिट, फ्लस डोर ह्यान्डलहरू, अटो पार्किङका साथै अन्य इन्नोभेटिव फिच्रस जस्तै लेभल २ एडीएएस सुरक्षा प्रणाली, लाइ-फ्ल्याट स्पेस र १२.८ इन्चको उन्नत इन्फोटेनमेन्ट कन्सोल जस्ता अभिनव सुविधाहरू सहित नामीले ह्याचब्याकमा केके हुनु पर्छ भन्ने कुरालाई पुनस् परिभाषित गर्दछ।
एमएडब्लू-वृद्धि नेपालको दुई प्रमुख व्यापारिक घरानाहरू एमएडब्लू ग्रुप र वृद्धि ग्रुप बीचको रणनीतिक साझेदारी हो। सन् २०१४ मा स्थापित एमएडब्लू-वृद्धि नेपाली अटोमोटिभ बजारमा अग्रणी शक्ति हो जसले फोटोन, सोकोन, सेरेस, नामी र चांगान जस्ता प्रख्यात ब्रान्डहरूका विद्युतीय सवारी ९ईभीहरू० सहित व्यावसायिक र यात्रुवाहक सवारीहरूको विविध दायरा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
सन् १९६४ मा स्थापना भएको एमएडब्लू ग्रुप, अटोमोबाइल, ईन्जिनियरिङ र लगानी सहित विभिन्न क्षेत्रहरूमा बलियो उपस्थिति भएको एक विविधतायुक्त ग्रुप हो । सन् १९७२ मा स्थापना भएको वृद्धि ग्रुप सन् १८५७ देखिकै पुरानो इतिहास भएको एक अग्रणी नेपाली व्यापार समूह हो ।
कम्पनीका अनुसार यी दुईको साझेदारी मार्फत् स्थापित एमएडब्लू-वृद्धिले ग्राहकहरूलाई असाधारण मूल्य प्रदान गर्न आफ्ना संयुक्त विशेषज्ञता र स्रोतहरूको प्रयोग गर्दछ । उत्कृष्टता, नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताले उनीहरूलाई नेपालको अटोमोटिभ उद्योगमा अग्रणी शक्तिको रूपमा स्थान दिएको छ ।
प्रतिक्रिया दिनुहोस्