काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिक महिनासम्ममा माइक्रो इन्स्योरेन्स कम्पनीहरुले २६ करोड बढी बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ४ वटा माइक्रो इन्स्योरेन्स कम्पनीहरुले २६ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
माइक्रो इन्स्योरेन्स कम्पनीहरुमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ४ महिनामा २ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाइएको छ ।
त्यस्तै, सर्वाधिक कारोबार गर्ने दोस्रो नम्बरमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ४ महिनामा १ करोड ८० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यसैगरी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनीको कुल बीमाशुल्क रकम १ करोड ७१ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीको १ करोड ६६ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्