Shikhar Insurance
National Life

चार महिनामा निर्जीवन बीमा कम्पनीहरुले उठाए १४ अर्ब बढी बीमा शुल्क, कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ मंसिर १३, बिहीबार १६:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्ष (२०८१/८२) को कात्तिक महिनासम्म निर्जीवन बीमा कम्पनीहरुले कुल बीमा शुल्क १४ अर्ब रुपैयाँ बढी संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरुले ४ महिनामा १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क उठाएका हुन् ।

चार महिनामा सबैभन्दा धेरै बीमा शुल्क उठाउँने पहिलो नम्बरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले कात्तिक महिनामा ३४ करोड ४ लाख रुपैयाँको कारोबार गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, दोस्रो नम्बरमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले ४ महिनामा २९ करोड ६ लाख रुपैयाँको व्यापार गरेको छ भने सबैभन्दा धेरै बीमा शुल्क उठाउँने कम्पनीहरुको तेस्रो नम्बरमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आवको ४ महिनामा २९ करोड २ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीले २५ करोड ५१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ४ महिनामा २३ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २३ करोड १० लाख, सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले १९ करोड ३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले १८ करोड ९७ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १९ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क उठाएका छन् ।

त्यसैगरी, चालु आवको ४ महिमा युनाइटेड अजोड इन्स्योरेन्सले १६ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्स कम्पनीले १५ करोड ३ लाख रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सले ९ करोड ९ लाख, राष्ट्रिय बीमा कम्पनीले ४ करोड १० लाख र नेशनल इन्स्योरेन्सले ७ करोड २७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

माइक्रो इन्स्योरेन्स कम्पनीहरुले ४ महिनासम्ममा २६ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । माइक्रो इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ४ महिनामा २ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाइएको छ ।

त्यस्तै, सर्वाधिक कारोबार गर्ने दोस्रो नम्बरमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको बीमा शुल्क १ करोड ८० लाख रुपैयाँ रहेको छ । त्यसैगरी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनीको कुल बीमाशुल्क रकम १ करोड ७१ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीको १ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्