Shikhar Insurance
National Life

थाङ्काबाट वार्षिक १५ लाख आम्दानी गर्दै सुनसरी विष्ट

सिंहदरबार संवाददाता
२०८१ मंसिर १३, बिहीबार १०:३७
Hyundai
NCELL
NIMB

सुनसरी । बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक १५ लाख आर्जन गर्दै आएका छन् । विगत २० वर्षदेखि थाङ्का बनाउँदै आउनुभएका उनले थाङ्कालाई नै आम्दानीको मुख्य स्रोत बनाएका हुन् ।

उनले भने ‘बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट शास्त्रीय चित्रकलाजस्तै हो र यो नेवार जातिको परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो हुन्छ । घर खर्च यसैबाट जुटाउने गरेको छु । धेरै चित्र गुम्बाहरुमा बिक्री हुने गरेको छ’, तर यहाँ प्रशस्त गुम्बा नहुँदा काठमाडौंका साथै चीनको तिब्बत, हङकङ, , सिङ्गापुर,अमेरिकालगायत देशमा बिक्री हुने गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

थाङ्का चित्र अहिले धेरैजसो नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले किन्ने गरेका छन् उनले बताए । विदेशीले थाङ्का चित्रमार्फत नेपालको ऐतिहासिक तथा धार्मिक परम्परालाई झल्काउने उहाँले बताउनुभयो । उहाँले १० जनालाई रोजगारी पनि दिए । उनीसँग थाङ्का बनाउन सिकेकाहरू धचित्र कोर्न सिक्नेको लागि पनि एउटा राम्रो ठाउँ बनेको वैदेशिक रोजगारीमा गएका छन् जहाँ उनीहरूले यो कला पनि प्रस्तुत गर्ने उनले सुनाए । एउटा थाङ्का चित्र बनाएर पहिलोपटक रु ५० हजारमा बिक्री गरे पछि व्यावसायिक रुपमा काम थालेका उनले चार हजारदेखि ४ लाखसम्मका थाङ्का बिक्री गर्दै आएका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्