काठमाडौं । हिमशिला पावर कम्पनीले पुष ३ गते साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय, बबरमहलमा सभा बस्ने निर्णय गरेको हो ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/०८१ को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्नेछ । कम्पनीको लेखा परिक्षकले पेश गरेको आव २०८०/०८१ को लेखा परिक्षण प्रतिवेदन तथा वित्तिय विवरण माथि छलफल गरि पारित गर्ने सभाको प्रस्ताव रहेको कम्पनीले जनाएको छ ।
साथै, सभामा कम्पनीको अधिकृत तथा जारी पुँजी २५ करोड रहेकोमा सो रकम वृद्धि गरि ३३ करोड पुराउने सभाको एजेण्डा रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्