Shikhar Insurance
National Life

सार्वजनिक ऋणको ६२ अर्ब सावाँ ब्याज भुक्तानी गर्दा सरकारी खाता डेढ खर्बले ऋणात्मक, दबाबमा अर्थमन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०८१ मंसिर १३, बिहीबार ०९:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । मंसिर महिनाको १२ दिनमा सार्वजनिक ऋणको सावाँ ब्याज भुक्तानी गर्दा सरकारी खाता दबाबमा आएको छ । एकै पटक ६२ अर्ब २४ करोड भुक्तानी दिदाँ सरकारी खाता १ खर्ब ४७ अर्ब ७९ करोडले ऋणात्मक देखिएको छ ।

चालु वर्षको ५ महिना १२ दिनमा सरकारको आम्दानी झन्डै डेढ खर्बले ऋणात्मक भएको हो । चालु वर्ष सरकारले सार्वजनिक ऋणको सावाँ ब्याज भुक्तानीका लागि ३ खर्ब ४३ अर्ब ७४ करोड विनियोजन गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार पाँच महिना १२ दिनमा सरकारले ५ खर्ब १ अर्ब ३६ करोड खर्च गरेको छ । यो अवधिमा सरकारले कुल प्राप्ति ३ खर्ब ५३ अर्ब ५७ करोड गरेको छ । कुल राजस्व शिर्षकमा ३ खर्ब ४७ अर्ब जम्मा भएको छ । यो शिर्षकमा सरकारले १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

सरकारले लक्ष्य अनुसार राजस्व नउठ्ने लगभग पक्का भैसकेको छ । खर्चतर्फ सरकारले ३ खर्ब १४ अर्ब १८ करोड भुक्तानी दिएको छ । यस्तै, वित्तिय व्यवस्थातर्फ १ खर्ब ५० अर्ब ४३ करोड भुक्तानी हुदाँ विकास खर्चतर्फ ३६ अर्ब ७४ करोड मात्रै खर्च भएको छ ।

दबाबमा मन्त्री पौडेल

आम्दानी तथा खर्चको सन्तुलन मिलाउन नसक्दा अर्थमन्त्री विष्णुप्रसाद पौडेल दबाबमा आएका छन् । मन्त्री पौडेलले खर्च सन्तुलन मिलाउन नसक्दा राजस्वका कर्मचारीहरुमाथी दबाब बढाउन सुरु गरेका छन् ।

मन्त्री पौडेलले राजस्व उठ्न सक्ने क्षेत्रमा अधिक मेहनत गर्न राजस्वका महानिर्देशकहरुलाई निर्देशन दिइसकेका छन् । उर्नले लक्ष्य अनुसारको राजस्व नउठाउने कर्मचारीको मूल्यांकन कम हुने चेतावनी समेत दिइसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका विकास तथा आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले सरकार नै डिफल्टरको बाटो गएको स्वीकार एक सार्वजनिक कार्याक्रममै गरिसेका छन् ।

अर्थ मन्त्रालयले अहिले कोभिड बिमाको ११ अर्ब रुपैयाँ भुक्तानी दिन सकेको छैन । यसैगरी निर्माण व्यवसायीहरुले काम गरेको पैसा भुक्तानी नपाउदा आन्दोलन नै गर्नुपर्ने अवस्थामा पुगेका छन् । कृषि बिमा, किसानको दुध खरिद गरेको पैसा समेत दुग्घ विकास संस्थानले तिर्न नसक्दा सरकारप्रतिको नागरिकको विस्वास समेत गुम्दै गएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्