Shikhar Insurance
National Life

जुम्लामा सञ्चालित २ दिने नि: शुल्क शिविरबाट ६ सय बढीले लिए सेवा

सिंहदरबार संवाददाता
२०८१ मंसिर १२, बुधबार १६:४४
Hyundai
NCELL
NIMB

जुम्ला । जिल्लाको तिला गाउँपालिका र हिमा गाउँपालिकामा सञ्चालित दुईदिने नि:शुल्क अपाङ्गतासम्बन्धी स्वास्थ्य शिविरबाट ६ सय १६ जनाले सेवा लिएका छन् ।

हिमा र तिला गाउँपालिकाको सहकार्य तथा आइएनएफ नेपालअन्तर्गत समावेशी स्वास्थ्य सेवा परियोजनाको आयोजनामा हिमामा मङ्गलबार सुरु भएको नि:शुल्क स्वास्थ्य शिविरमा कानको सुनाइसम्बन्धी समस्या भएका, अपाङ्गता कार्डका लागि चिकित्सकद्वारा सिफारिस, आँखा, कान, घाँटी र हाडजोर्नीसम्बन्धी समस्या भएका तीन सय छ जनाले सेवा लिएका हिमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर रावतले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कान, नाक, घाँटी र आँखाका एक सय २७ बिरामीले सेवा लिएका छन् । त्यस्तै हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामी ७९, जनरल फिजिसियन एक सय, अपाङ्गता सिफारिस १० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि सात जना बिरामीलाई पठाइएको उनले बताए ।

शिविरबाट पाँचजना बिरामीलाई सहायता सामग्री प्रदान गरिएको रावतले उल्लेख गरे । उनका अनुसार विशेषगरी अपाङ्गतासम्बन्धी दुई दिन स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको हो ।

सोमबार तिला गाउँपालिकाको रारालिही स्वास्थ्य चौकीमा भएको शिविरबाट तीन सय १० बिरामी लाभान्वित भएका चौकीका जनस्वास्थ्य निरीक्षक कमल रावतले जानकारी दिए । कान, नाक, घाँटीसम्बन्धी बिरामी ४६, आँखा एक सय पाँच, हाडजोर्नीसम्बन्धी ६४ र चिकित्सक परामर्श ९५ जनाले सेवा लिएका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ चिकित्सक तूफानसिंह कठायतको समूहले दुईवटा शिविरमार्फत बिरामीको जाँच गरेको हो । अपाङ्गता भएका व्यक्तिका लागि नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्नुका साथै अपाङ्गता कार्डका लागि चिकित्सकद्वारा सिफारिस सेवासमेत दिइएको आइएनएफ जुम्ला शाखाका परियोजना अधिकृत राम बुढामगरले बताए ।

गाउँघरमा दक्ष चिकित्सकबाट विभिन्न रोगको उपचार पाउँदा स्थानीय उत्साहित भएका हिमा–५ का स्थानीय रतन रोकायाले बताए । गाउँबस्तीमा पुगेर आइएनएफ नेपालले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेपछि यहाँका स्थानीयलाई सहज भएको हिमा गाउँपालिका उपाध्यक्ष सुर्पना शाहीले उल्लेख गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्