Skip to content
Shikhar Insurance
National Life

इभि गाडीमा डाउन पेमेन्टको हिस्सा बढ्दै, बैंकहरुको लगानी जोखिममा पर्ने राष्ट्र बैंकको निष्कर्ष

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्र बैंकले इभि गाडीमा लिएको नीति परिवर्तन गर्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासको समिक्षाबाट नीतिमा परिवर्तन गर्न खोजेको हो ।

अहिले इभी गाडी खरिद गर्न चाहानेले कुल मूल्यको २० प्रतिशत मात्रै रकम तिर्दा पुग्छ । बाँकी ८० प्रतिशत बैंक तथा  हायार पर्चेज कम्पनीहरुले तिर्ने गरेका छन् । यसरी इभीमा एग्रेसिभ लगानी गरिरहेका बैंक तथा वित्तिय संस्थालाई इभीमा गरिएको लगानी जोखिममा पर्ने हो की भन्ने चिन्ता सुरु भएको छ ।

यहि चिन्ताकोबिच राष्ट्र बैंकले इभी गाडीहरुमा डाउन पेमेन्टको हिस्सा अर्थात कन्जुमरले हाल्ने पैसाको मात्रा बढाउन लागेको हो । राष्ट्र बैंकमा यो विषयले २ महिना अगावै प्रवेश पाएको बैंक स्रोतले जनाएको छ । राष्ट्र बैंक स्रोतले भन्यो, “एकातर्फ सरकारले इभी गाडीहरुलाई प्रोमोट गरेको अवस्था छ भने अर्को तर्फ बैंकहरुको लगानीलाई विस्लेषण गरेको छ, एकै पक्षलाई मात्रै हेरेर निष्कर्षमा पुग्नु भन्दा समग्र पक्षलाई हेरेर राष्ट्र बैंक निर्णयमा पुग्नेछ ।”

स्रोतका अनुसार पेट्रोलियम गाडी भन्दा कम तर हालको भन्दा सिमा बढाउने राष्ट्र बैंकको तयारी छ ।विशेषगरी, बजारमा लामो समय टेष्ट नगरिएका इभी गाडीहरु धमाधम भित्रिन थालेपछि प्रोडक्टले साथ दिने या नदिने विषयमा बैंक तथा वित्तिय संस्था गम्भिर बनेका हुन् ।

इभीमा गर्ने लगानीबारे राष्ट्रिय वाणिज्य बैंक सतर्क भैसकेको बैंकका कार्यकारी अधिकृत (सिइओ) देबेन्द्र रमण खनाल बताउँछन् । उनले भने, “हामी इभीमा एग्रेसिभ रुपमा गएमा छैनौं, तर जानु परेमा इभी गाडी मात्रै राखेर कर्जा प्रवाह गर्न सक्ने स्थिति छैन, धितो समेत राख्नुपर्ने अवस्था छ ।”

इभी कर्जामा उच्च सतर्कतामा बस्नुपर्ने बेला आइसकेको एक बैंकका सिइओले बताए । ती सीइओले सिंहदरबारसँग भने, “हामी इभीमा गरिएको लगानीको जोखिम विष्लेषण गरिरहेका छौं, यो विषयमा हतारमा निर्णयमा पुग्नु भन्दा सुझबुझपुर्ण निर्णयमा पुग्नु पर्ने देखिन्छ, यो विषयमा राष्ट्र बैंकको समेत ध्यानाकर्षण गराइसकेका छौं।”

यद्यपी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व घट्यो भन्दैमा सरकार विद्युतिय गाडीमा प्रर्वद्धन गर्न छाड्ने बाटोमा नलाग्ने बताएका छन् । उनले बैंक र उद्यम टेलिभिजन अन्तर्वार्तामा बोल्दै भनेका छन्, “विद्युतिय सवारी साधन प्रवर्धन गर्दा खेरी राजस्व सर्टफल भयो । त्यस कारणले विद्युतीय सवारी विद्युती सवारी साधनलाई प्रवर्धन गर्नु हुँदैन । भन्ने निष्कर्षमा पुग्नु हुँदैन । मेरो पहिलो कुरा यो छ । हामीलाई थाहा छ विद्युतीय सवारी साधन प्रयोग गर्दा खेरी डिजेल, पेट्रोल लगायतका इम्पोर्ट कम हुन्छ । इम्पोर्ट कम भएपछि त्यसबाट आउने रेभिन्यू पनि कम नै हुन्छ । त्यो सामान्य ज्ञानको कुरा हो ।”

हालसम्म इभिमा बैंकहरुले ७० अर्ब बढी लगानी गरिसकेको अनुमान छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्