काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोसनारायण श्रेष्ठले सरकारको निर्देशन अनुसार नयाँ स्टकलाई लाइसेन्स दिने बताएका छन् । बुधबार सेबोनको कार्यलयम पदभार ग्रहणको क्रममा श्रेष्ठ यस्तो अभिव्यक्ती दिएका हुन् ।
पदभार ग्रहण गर्नेक्रममा अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा सेबोनलाई आफ्नै भवनमा सार्ने प्रतिबद्धता व्यक्त गर्दै सरकारको निर्देशन अनुसार नयाँ स्टकलाई लाइसेन्स दिने काम समेत आफ्नै कार्यकालमा हुने बताए । हाल सेबोन भाडाको घरमा बस्दै आइरहेको छ । सोहिकारण आफ्नो कार्यकालमा बोर्डको आफ्नै भवन निर्माण गर्ने उनको भनाई छ ।
यसैगरी पुँजिबजारको बिकासका लागि दिनरात नभनेर लागि पर्ने उनले बताए । नेतृत्व अभावमा धेरै काम थाती छन,’ उनले भने, ‘ती काम पूरा गर्नेछु । पुँजिबजारको दायरा बिस्तार गर्दै लगानिकर्ताको पक्षमा काम गर्छु ।’ पदभार ग्रहण गर्नेक्र ममा उनले पहिलो कामकारुपमा एभरेस्ट बैंकको बोनस सेयर दर्ता गर्ने फाइलमा हस्ताक्षर गरेका छन् ।
मंगलबार बेलुकी अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नियुक्ति भएको पत्रका साथसाथै पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्