काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । अघिल्लो दुई दिनदेखि लगातार भारी मूल्यले घटेको सुनको भाउ आज ९ सय रुपैयाँले बढेको हो । सुन अघिल्लो दिन २६ सय रुपैयाँले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ४८ हजार ७ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ४९ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय २० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्