काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । संस्थाको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले पुष ११ गते आम्रपाली व्याकेट, भाटभटेनी, काठमाडौंमा सभा बस्ने निर्णय गरेको हो ।
सञ्चालन समितिबाट प्रस्ताव गरिएको संस्थाको चुक्ता पूँजीको ०.४७ प्रतिशतले हुने नगद लाभांश (कर प्रयोजनको लागी) ५८ लाख ४४ हजार ४ सय ४१ रुपैयाँ र चुक्ता पूँजीको ९.०० प्रतिशतले हुन आउँने ११ करोड १० लाख ४४ हजार ४ सय २१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने सभाको एजेण्डा रहेको छ ।
कम्पनीको अधिकृत पूँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार ९०२ रुपैयाँबाट वृद्धि गरी २ अर्ब, जारी तथा चुक्ता पूँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार ९०२ रुपैयाँबाट वृद्धि गरी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार ३२३ रुपैयाँ पुर्याउँने संस्थाले जनाएको छ । सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।
लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण (वासलाता) वा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेको संस्थाले जनाएको छ ।
साथै, सभामा संस्थाको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण कार्यका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ र सर्वसाधारण सेयरधनी समुह ‘ख’ को तर्फबाट २ जना सञ्चालकहरूको निर्वाचन गर्नेछ ।
साथै, सभामा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र अन्य कुनै लघुवित्त वित्तीय संस्था गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) आवश्यक भएको अवस्थामा गाभ्नेरगाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) का सम्वन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
सभा प्रयोजनको लागि मंसिर २३ गते एक दिन लघुवित्त वित्तीय संस्थाको सेयरधनी दर्ता किताब बन्द गरिनेछ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयरधनी दर्ता किताब बन्द हुनुभन्दा अघिल्लो दिनसम्म कारोबारमा रहेका सेयरधनीहरु मात्र सभामा भाग लिन तथा आर्थिक वर्ष २०८०/८१ को लाभांश पाउन योग्य हुने संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्