Shikhar Insurance
National Life

लाभांश र हकप्रद प्रस्ताव पारितको लागि एनआरएन इन्फ्रास्ट्रक्चरले डाक्याे साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ मंसिर १२, बुधबार १०:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले लाभांश प्रश्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा आम्रपाली व्यान्क्वेट काठमाडौंमा बिहान ९ बजे बस्ने हआव्हान गरेको हो ।

सभामा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश गर्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लाभांश वितरणपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि नियामक निकायबाट स्वीकृति पाएपछि निष्कासनका लागि सिफारिस सहित आगामी वार्षिक साधारणसभामा पेश गर्ने र ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि तय गर्नेछ ।

साथै, साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । जसअनुसार मंसिर २० गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्