काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) ले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ११ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ३ हजार ९ सय ७८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयरको प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन । उक्त सेयर खरिद गनए इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र के(कति रकममा खरिद गर्ने हो ? सो समेत खुलाइ बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
सो म्यादभित्र विद्यमान संस्थापक सेयरधनीको निवेदन प्राप्त नभएको खण्डमा प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थामा उक्त सेयरहरु खरिद बिक्री प्रकृया अगाडि बढाउँने बैंकले सूचना मार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्