Shikhar Insurance
National Life

सबै तहका सरकारहरुसँग मिलेर मानवीय सहायताको पक्षमा काम गर्न तयार छौँ : रेडक्रस

सिंहदरबार संवाददाता
२०८१ मंसिर ११, मंगलवार १७:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले सबै तहका सरकार र साझेदारहरुसँग विपद् र मानवीय सहायताको पक्षमा काम गर्न तत्पर रहेको बताएको छ । मंगलबार काठमाडौंमा आयोजित विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले सबै तहका सरकार र साझेदारहरुसँग विपद् र मानवीय सहायताको पक्षमा काम गर्न तत्पर रहेको बताएका हुन् ।

उनले विपद्को पूर्वतयारीसँगै अब पूर्वानुमानमा आधारित पूर्वतयारीका कामहरु अघि बढाउन जरुरी रहेको बताउँदै मानवताको जीवन रक्षाको लागि सहयोग पुग्ने काम रेडक्रसले गरिरहेको जिकिर गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले विधि र सिकाईबाट थप प्रभावकारी काम गरेर अघि बढ्ने विश्वास व्यक्त गर्दै भने, ‘विपद्को पूर्वतयारीसँगै अब पूर्वानुमानमा आधारित पूर्वतयारीका कामहरुको सबै कारणले मानवतालाई जीवित राख्ने, मानवताको जीवन रक्षाको लागि सहयोग पुग्ने काम नै हो । नेपाल रेडक्रस सोसाइटी आफ्नो संगठनमार्फत सरकारको सहयोग गर्नेछ । सबै तहका सरकार र अरु सबै साझेदारहरुसँग विपद् र मानवीय सहायताको पक्षमा काम गर्न तत्पर छौँ ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सरकारले एसआरएसपि नीति जारी गर्न लागेको बताए । उनले एसआरएसपीको राष्ट्रिय मापदण्ड अर्को हप्ता मन्त्रीपरिषद्मा पुग्ने बताए ।

उनले भने, ‘कुनैपनि ह्युमानिटिन एक्शनमा काम गर्ने संघ संस्थाहरुले नेपालमा यहाँ अहिले ५०/६० वटा संघसंस्थाहरु छौँ । यो कोल आउडेटेड वे अफ एक्सपोस्ट रेस्पोन्सको काम गर्न बन्द गरौँ । प्रिपियरनेस रेस्पोन्समा लगानी गरौँ । एसआरएसपीको मापदण्ड कार्यविधि मात्र होइन, फाइनान्सियल कुरा पनि इन्भल्व छ । एसआरएसपीको राष्ट्रिय मापदण्ड अर्को हप्ता क्याबिनेटमा पुग्छ । एकीकृत तरिकाको एसआरएसपीको गाइडलाइन आउँदैछ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्