Shikhar Insurance
National Life

प्रधानमन्त्री पदको अफर पनि अस्वीकार गरेँः माधव नेपाल

सिंहदरबार संवाददाता
२०७८ असार १२, शनिबार १८:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपालले पदका लागि विपक्षी गठबन्धनलाई धोका नदिने स्पष्ट पारेका छन् । विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बरिष्ठ नेता नेपालले आफुलाई प्रधानमन्त्री पदको अफर आएको तर आफुले देउवा र प्रचण्डलाई धोका नदिने स्पष्ट पारेका हुन् ।

बरिष्ठ नेता नेपालले आफु पदका लागि सबैलाई धोका दिने र जे पनि गर्ने केपी ओली जस्तो नभएको पनि बताएका छन् । ‘मलाई प्रधानमन्त्री पदको अफर आएको साँचो हो, तर म विपक्षी गठबन्धनलाई धोका दिन्न, म पदका लागि जे पनि गर्ने केपी ओली जस्तो होइन’, बरिष्ठ नेता नेपालले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले ओलीमा सत्ताको भुत सवार भएकाले सिंगो व्यवस्था माथि नै संकट उत्पन्न गरेको र संबिधान जोगाउन आफुहरुले संघर्ष थालेको पनि बताए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्