Shikhar Insurance
National Life

‘बैंकले ऋण नदिदाँ वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मिटरब्याजीको ट्र्यापमा परे’ मन्त्री भण्डारी

सिंहदरबार संवाददाता
२०८१ मंसिर ११, मंगलवार १६:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मिटरब्याजीहरुको ट्र्यापमा पर्ने गरेको बताएका छन् । मंगलबार सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई बैंकहरुले ऋण नदिँदा उनीहरु ‘डेप्थ ट्र्याप’मा पर्ने गरेको बताएका हुन् ।

उनले वेदैशिक रोजगारीमा गएका श्रमिकहरु ऋणको भारमा पर्ने र बाकसमा फकिर्नुपर्ने गम्भिर स्थिति सिर्जना भएको भन्दै वर्तमान सरकार यसका लागि काम गरिरहेको बताए । उनले नेपालको श्रमिक बजारमा वर्षेनी ५ लाख श्रमिकहरु आउने गरेको भएपनि १ लाख श्रमिकलाई मात्र रोजगारी दिनसक्ने अवस्था रहेको उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले वैदेशिक रोजगारीको विकल्प आन्तरिक रोजगारी नै भएको बताउँदै वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहुन्जेल त्यसलाई व्यवस्थित र सुरक्षित बनाउनुपर्ने उल्लेख गरे ।

भण्डारीले भने, ‘वैदेशिक रोजगारमा जाने श्रमिकले श्रम स्वीकृतिको लागि मात्र कोषमा आवद्धता हुने परिस्थिति सिर्जना भएको छ । परिणामस्वरुप उनीहरुले सामाजिक सुरक्षा कोषले आवश्यक योगदान दिन सकेको छैन भन्ने गुनासो गर्नुभएको छ । वैदेशिक रोजगारीमा गएका श्रमिकहरु दुई वटा ट्र्यापमा पर्ने गर्नुभएको छ ।’

‘हाम्रा श्रमिकहरु त्यहाँ रोजगार गर्नको लागि गएका हुन उनीहरु लडाईँ लड्न गएका होइनन् । लड्न गएका भए त्यहाँ विरगति प्राप्त गरे भन्ने कुरा हुन्थ्यो । वैदेशिक रोजगारीमा गएका श्रमिकहरु बाकसमा किन फर्किरहेका छन् ? यो एउटा अहं प्रश्न हो । जसको समाधान गर्नुपर्ने आवको आवश्यक्ता हो । अहिलेको सरकार यीनै समस्याहरुको समाधान कसरि गर्न सकिन्छ भनेर काम गरिरहेको छ’ उनले बताए ।

उनले सरकारले मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रमिकहरुलाई बिना धितो ऋण दिने नीति लिएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्