काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.४१ अंकले बढेर २७१६.६६ मा पुगेको छ ।
मंगलबार ३१२ कम्पनीको १ करोड ४२ लाख ९२ हजार ७ सय ४२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार ९ सय ८७ रुपैयाँ कारोबरा भएको छ ।
आज थ्री स्टार हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंकको ८.४५ प्रतिशत, सामुदायिक लघुवित्तको ८.१२ प्रतिशत सहित ५० कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्