काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.४१ अंकले बढेर २७१६.६६ मा पुगेको छ ।
मंगलबार ३१२ कम्पनीको १ करोड ४२ लाख ९२ हजार ७ सय ४२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार ९ सय ८७ रुपैयाँ कारोबरा भएको छ । मंगलबार नेपाल फाइनान्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४५ करोड ७८ लाख ३१ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार ५ सय ५० रुपैयाँ रहेको छ ।
मंगलबार २११ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै, आज ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्