Shikhar Insurance
National Life

पूर्वीनाकाबाट ७ अर्ब ८२ करोडको कृषि बाली भारत निर्यात

सिंहदरबार संवाददाता
२०८१ मंसिर ११, मंगलवार १३:४१
Hyundai
NCELL
NIMB

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक अवधिमा ७ अर्ब ८२ करोड ५५ लाख चार हजारको कृषि बाली भारत निर्यात भएको छ ।

आयातको तुलनामा कृषि वस्तुको निर्यात सात गुणा बढी रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ । उक्त त्रैमासिक अवधिमा पूर्वीनाका काँकडभिट्टाबाट ७९ करोड ६३ लाख १० हजारको कृषि बाली आयात भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार ४ अर्ब ४८ लाखको चिया, १ अर्ब ५५ करोडको अलैँची, १ अर्ब पाँच करोडको प्लाई तथा भेनियर, ३३ करोड ९६ लाखको अम्लिसो २० करोड ५५ लाखको अदुवा, ६ करोड ४८ लाखको बन्दाकोभी, १ करोड ५५ लाखको मसुरो दाल, ५१ लाख १९ हजारको जडीबुटी र ११ करोड ५३ लाखको अन्य कृषि बाली भारत निर्यात भएको छ ।

सोही अवधिमा आयात भएका वस्तुमा गेडागुडी (दलहन), ताजा फलफूल, आलु, लसुन, कोदोलगायत कृषि बाली रहेका छन् । चार महिनामा २२ करोड ३१ लाखको गेडागुडी, १५ करोड ३० लाखको आलु, १४ करोड १३ लाखको ताजा फलफूल, ११ करोड सात लाखको लसुन, ६ करोड ४४ लाखको कोदो, रु पाँच करोड ३४ लाखको सागसाब्जी र ५ करोड दुई लाखको अन्य कृषि बाली आयात भएको छ ।

कृषि बालीहरूको निर्यात बढ्दै जानुले भारतसँगको व्यापार घाटा कम गर्न महत्त्वपूर्ण सहयोग पुर्याउने उहाँ बताउनुहुन्छ । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित अलैँची, अदुवा, चिया, जडीबुटी र तरकारी बालीले पछिल्लो समय भारतीय बजारमा उच्च मागसँगै राम्रो मूल्य पाउने गरेको छ ।

पहाडी जिल्लाबाट कच्चा पदार्थ सङ्कलन गरेर झापामा सञ्चालित प्लाई तथा भेनियर उद्योगले समेत निर्यातमा उत्साहजनक योगदान दिइरहेका छन् । यद्यपि, लसुन, आलु, कोदो, ताजा तरकारी र फलफूलमा भारतीय निर्भरता अझै घट्न सकेको छैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्